खोटाङ हिँडेको गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु
खोटाङ, कात्तिक १ गते । काठमाडौंबाट खोटाङतर्फ आउदैगरेको सुमो गाडी सुनकोसीमा खस्दा तीन जनाको मृत्यु भएको छ । मृत्यु हुने तीनै जना महिला रहेको सुनकोसी प्रहरीले जनाएको छ । घटनास्थलमै मृत भेटिएका तीनै जनाको पहिचान खुल्न बाँकी छ । बेपत्ता रहेका तीन जनाको खोजी भइरहेको छ । बेपत्ताहरुको पनि पहिचान खुल्न नसकेको प्रहरीको भनाइ छ।
































































