सिरहा, १० माघ । सिराहा प्रहरीले सीमानाका माडरबाट अवैध लागु पदार्थ ब्राउन सुगरसहित दुई जना युवकलाई नियन्त्रणमा लिएको छ । सिरहा नगरपालिका १७ खैटोका भन्सार गेट छेउबाट ब्राउन सुगर सहित दुवै जनालाई पक्राउ गरेको छ उनीहरुको साथ् बाट ५ ग्राम २ सय मिलिग्रामसहित गोलबजार नगरपालिका ७ का २५ वर्षीय हृदय सिंह र सोही नगरपालिका ८ का २२ वर्षीय धर्मेन्द्र यादवलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले जनाएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय जनकपुर र इलाका प्रहरी कार्यालय माडर सिराहाबाट खटिएको प्रहरीले भारतको जयनगरबाट माडरतर्फ आउँदै गरेको प्रदेश ३–०३–००१ प. ९८३६ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।
यस सम्वन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय, सिराहका प्रहरी प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानले बताए । राताेपाटी बाट
Discussion about this post