माघ २७, २०७९ | काठमाडौं
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका अनुसार एक विदेशी वायुसेवा कम्पनीसँग घुस मागेको अभियोगमा महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको हो ।
गैरकानुनी लाभ लिने उद्देश्यले थाई स्माइल एयरलाइन्स कम्पनीका प्रतिनिधिसँग गरेको कुराकानीको अडियो प्राप्त भएपछि छानबिनका लागि महाप्रबन्धक ठाकुरलाई निलम्बन गरिएको मन्त्रालयका प्रवक्ता राजेन्द्रकुमार केसीले जानकारी दिनुभयो ।
निलम्बनको निर्णय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई समेत पठाइएको छ । यस विषयमा थप अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत पत्राचार गरिने मन्त्रालयले जनाएको छ ।
तत्कालीन महाप्रबन्धक भोलाप्रसाद गुरागाईं उमेर हदका कारण सेवानिवृत्त भएपछि ठाकुर २०७६ फागुन ६ गते विमानस्थलको महाप्रबन्धकमा नियुक्त भएका थिए ।
Discussion about this post