प्रधानमन्त्री बालेन्द्रको खातामा एक करोड ४६ लाख, कति छ सम्पत्ति?

Picture of हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

काठमाडौं, २९ चैत। प्रधानमन्त्री बालेन्द्र शाहसँग नगद मात्र एक करोड ४६ लाख रुपैयाँ रहेको छ।

आइतबार सार्वजनिक भएको सम्पत्ति विवरण अनुसार नगद मात्रै एक करोड ४६ लाख रुपैयाँ रहेको देखिएको हो।

फेसबुक, युट्युव, टिकटक लगायतबाट बालेन्द्रले आम्दानी गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बुझाएको सम्पत्ति विवरणमा उल्लेख छ।

यस्तै, प्रधानमन्त्री पत्नी सविना काफ्लेसँग १९० तोला सुन, चाँदी र हिराका गहना रहेको प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ। उक्त गहनाको स्रोत उनले पैत्रिक सम्पत्ति भनेका छन्।

काठमाडौँ महानगरपालिका ९ मा ध्रुवदेवी शाहको नामा ५ आना र धनुषामा १।२ बिघा जग्गा र महोत्तरीमा रामनारायण शाहको नाममा ९ विघा जग्गा रहेको पनि प्रधानमन्त्रीको सम्पत्ति विवरणमा उल्लेख छ।

अन्य सम्पत्तिको नाममा उनले फेसबुक, युट्युव र टिकटक रहेको उल्लेख गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित