पेट्रोलियम पदार्थको मूल्य बढ्यो

हरियो पाटी

हरियो पाटी

520
SHARES
713
VIEWS

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य बढेको छ । नेपाल आयल निगमले आज राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।

योसँगै तेस्रो वर्ग अन्तर्गतका शहरहरु काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६‍‍‍.५० रुपैयाँ कायम भएको छ ।

त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1