गोलबजार, सिरहाको गोलबजारमा भोली शुक्रवारबाट १० दिने ‘गोलबजार ग्रान्ड मेला २०८३’ सुरुहुने भएको छ। माँ धमिनी मिडिया एण्ड इन्टरटेनमेन्ट प्रालिको आयोजनामा कात्तिक १३ देख २३ गतेसम्म हुन गईरहेको मेला अवधिमा एक लाख दर्शक उतार्ने लक्ष्य रहेको आयोजकले जनाएको छ।
‘दैनिक १० हजार दर्शक उतार्ने कगरी हामीले योजना बनाएका छौं, त्यसैले हामीले प्रवेश शुल्क न्यून तोकेका छौं। हामी धेरै भन्दा धेरै दर्शकले अवलोकन गर्न पाउन भन्ने चाहन्छौं,’ आयोजक संस्थाका विटु सिंहले भने।
‘व्यपार पुनर्जीवन, साँस्कृतिक एकता र सामुदायिक उत्सव’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै स्थानीय व्यापार, कृषि, उद्योमशीलता, कला, सास्कृतिक तथा पर्यटनको प्रवर्धन गर्ने उद्देश्यका साथ मेलाको आयोजना गरिएको आयोजकको भनाई रहेको छ।
मेलामा देश तथा विदेशका नामचलेका कलाकारहरुको प्रस्तुति, विभन्न मनोजन्जनात्मक कार्यक्रमसहित कृषि तथा व्यापार प्रदर्शनी हुने आयोजकले जनाएको छ। ३० वटा व्यसायीक स्टल र निःशुल्क स्वास्थ्य शिविर, रक्तदान जस्ता समाजसेवाका कार्यहरु पनि हुने आयोजक संस्थाका विटु सिंहले बताए। उनीहरुलाई आयोजकले निःशुल्क रुपमा स्टलहरु उपलब्ध गराउने जनाए।
मेलामा स्थानीय समुदायको पहिचान झल्किने खालका झाँकीहरु प्रदर्शन गर्ने प्रवन्ध मिलाएको आयोजकले बताए।
मेलाबाट प्राप्त मुनाफाको निश्चित प्रतिशत रकम पछिल्लो समय बाढी लागायतका प्राकृतिक प्रकोप प्रभावितलाई राहतको लागि प्रधानमन्त्री उद्धारकोषमा रकम जम्मा गर्ने आयोजकले सुनाए। ‘हामी आफ्नै मुनाफा र कार्यक्रममा सहभागीहुने कलाकार, व्यसायीहरुलाई पनि यसकार्यमा सहभागी गराउने प्रयास गरिरहेका छौं, मेला आयोजकले मुनाफाको निश्चित प्रतिशत रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गर्छ,’ आयोजक संस्थाले भने।


















Discussion about this post