सिरहामा अपहरणपछि बालकको हत्या भएको घटनामा ८जना पक्राउ

Picture of हरियो पाटी

हरियो पाटी

623
SHARES
854
VIEWS

सिरहा, ७ असोज।
सिरहामा अपहरणपछि बालकको हत्या भएको घटनामा संलग्नताको आशंकामा प्रहरीले आफन्त र छिमेकीसहित आधादर्जनभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।  गोलबजार नगरपालिका १३ दुर्गापुर डङ्ग्राहका १४ वर्षिय अभिशेक कुमार सिंहको हत्यामा संलग्न रहेको आशंकामा जिल्ला प्रहरी कार्यलय सिरहाले उनीहरुलाई नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुको नामभने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रहरीले अहिले जनकपुरबाट प्रशिक्षित कुकुरको प्रयोग गरेर अनुसन्धान थालेको छ। शव पोस्ट माडमकाे लागि बि.पि. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाएको जिल्ला प्रहरी कार्यलय सिरहाका प्रहरी प्रमुख आन्न्त राम सर्माले बताएका छन ।

शव नजिकै करिव १० मिटर दक्षिणमा सानो खाल्डो समेत खनिएको छ। पहिलो सोही खाल्डोमा पुर्ने योजनासहित खाल्डो खनिएको भएपनि पानी परेकाकारण खन्न नसकेको प्रहरीको अनुमान छ। खाल्डो खन्न सक्ने अवस्था नभएपछि शव बाटोमै छोडेको हुनसक्ने प्रहरिको अनुमान छ।
बालक घरबाट यहि असोज  ५ गते आईतबार रातिको खाना खाएर घरबाट निस्केका थिए।

प्रहरीलेभने अहिले अनुसन्धानको कार्यजारी रहेकोले तत्काल केही भन्न नसकिने बताए।
राती साथीहरुसँग गाउँमै झिंजिया हेर्न गएको होलाभनि खोजतलास नगरेपनि विहानसम्म छोरा नआएपछि खोजलास सुरुगरेको वडा अध्यक्ष नन्दकुमार महतोले बताए।

उनले भने बालक विहानपनि घर नआएपछि खोजतलास गर्दै मेरोमा पनि आउनु भयो, सोही क्रममा मोवाइल हेर्दा इमोमा ५ करोड फिरौति माँगेको म्यासेज आईरहेको थियो। हिन्दिमा लेखिएको सो म्यासेजमा ५ करोड रकम सेपटेम्वर २५ भित्र बुझाउन तथा प्रहरी र पत्रकारलाई खवरगरे जे पनि हुन सक्ने लेखिएको थियो।

घटना जानकारी पाउनसाथ आफूहरुले प्रहरीलाई खवर गरेपनि प्रहरीले खोजतलासमा ध्यान नदिएको आफन्तको आरोप छ। अफन्तलेभने सम्भावित क्षेत्रहरुमा पुगेर खोजलास गरेको जनाए। हराईरहेका बालकको शव मंगलबार विहान घरबाट करिव सय मिटर पूर्व अर्जुन आधारभुत विद्यालय नजीकै आँपको गाछिमा भेटीएको हो।
घटनाको प्रकृतिहेर्दा नजीकको व्यक्तिबाट हत्या भएको हुनसक्ने स्थानीयका आशंका छ। सोही आधारमा प्रहरीले मृतकको आफन्त र छिमेककाहरुलाई नियन्त्रणमा लिएको छ। अहिलेसम्म सोधपुछको लागि ८ जनालाई नियन्त्रणमा लिईसकेको प्रहरीको भनाई रहेको छ।
बन्स नै सकियो
अभिशेकका बुवा करिव १० वर्ष पहिला पानी तान्ने मोटरमा विद्युतिय करेन्ट लागेर मृत्यु भएको थियो। उनको हजुरवुवा लक्ष्मण महतो एक्लो नातिको मुखहेरेर बाचिरहेका थिए। नातीको पनि हत्या भएपछि उनको परीवार अहिले भावविहल भएका छन्।

परीवारको एकमात्र आशाका केन्द्र अभिशेकको हत्याले परिवार र गाउँ नै शोकमा डेवेका छन्। अभिशेकका परीवारमा हजुरबुवा, हजुआमा,आमा र वहिनी छन्। उनिहरुको लामो समय देखि जगा सम्बन्धी विवाद रहदै आएको थिए । राताेपाटी बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित