सिरहा, चैत २२ – आज सञ्चालन भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्तर्गत गणित विषयको प्रश्नपत्र परीक्षा सुरु भएको केही समयमै सिरहाबाट बाहिरिएको छ।
परीक्षा सुरु भएको केही बेरमै प्रश्नपत्र WhatsApp मार्फत व्यापक रूपमा फैलिएको समाचार स्रोतले जनाएको छ। सदरमुकाम नजिकैको एक निजी विद्यालयका शिक्षकबाट प्रश्नपत्र बाहिर पठाइएको हो ।
यस विषयमा सुरक्षा निकाय, विशेषगरी प्रहरी र राष्ट्रिय अनुसन्धान संयन्त्र हालसम्म स्पष्ट जानकारीविहीन देखिएका छन्।
यसैबीच, प्रहरीले परीक्षा मर्यादा कायम गराउने क्रममा जिल्लाका विभिन्न परीक्षा केन्द्रहरूबाट नियमविपरीत प्रयोग गरिएका मोबाइल फोनहरू जफत गरेको जनाएको छ। अनुगमनका क्रममा विद्यार्थीहरूले मोबाइल प्रयोग गरेको पाइएपछि ती उपकरण नियन्त्रणमा लिइएको प्रहरी स्रोतले जानकारी दिएको छ।
सिरहामा प्रश्नपत्र चुहावट भएको पुष्टि भएमा संलग्न व्यक्तिमाथि कडा कारबाही गरिने र आवश्यक परे परीक्षा पुनः सञ्चालन गर्ने सम्भावना समेत रहेको अधिकारीहरूले जनाएका छन्।
















Discussion about this post