फिल्म ‘धुरन्धर’को कमाइ ६ सय करोडमाथि

Picture of हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

काठमाडौँ – बलिउड अभिनेता रणवीर सिंह अभिनित फिल्म ‘धुरन्धर’ ले भारतीय बक्स अफिसमा  ६ सय करोड भारु माथिको व्यापार गरिसकेको छ ।

गतः डिसेम्बर ५ मा प्रदर्शनमा आएको यो स्पाई थ्रिलर फिल्मले प्रदर्शनको २०औँ दिनसम्म आइपुग्दा भारतीय बजारबाट मात्रै ६ सय ७ करोड भारु भन्दा बढीको कलेक्सन गरेको हो ।

पछिल्लो रिपोर्ट अनुसार फिल्मले प्रदर्शनको पहिलो हप्ता २०७.२५ करोड र दोस्रो हप्ता २५३.२५ करोडको व्यापार गरेको थियो । तेस्रो हप्तामा पनि फिल्मको रफ्तार कम छैन ।

आदित्य धरको लेखन तथा निर्देशनमा तयार भएको यो एक्सन थ्रिलरमा रणवीर सिंहका साथै अक्षय खन्ना, अर्जुन रामपाल, सञ्जय दत्त र आर. माधवन जस्ता दिग्गज कलाकारहरू मुख्य भूमिकामा छन्

भारतभर करिब ५ हजार स्क्रिनमा रिलिज भएको फिल्मको ‘क्रेज’ सामाजिक सञ्जालमा समेत निकै देखिन्छ । निर्माण पक्षले यसको सिक्वेलको समेत घोषणा गरिसकेको छ ।

प्राप्त जानकारी अनुसार ‘धुरन्धर’ को सिक्वेल सन् २०२६ को मार्च १९ मा प्रदर्शनमा आउनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित