गोलबजार नगरपालिकाद्वारा राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

हरियो पाटी

हरियो पाटी

566
SHARES
776
VIEWS

पुस २२सिरहा सिरहा  गोलबजार नगरपालिकाले आज राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुनलाई स्वागत गर्दै महत्वपूर्ण सहयोग प्रदान गरेको छ। नगर प्रमुख श्याम कुमार श्रेष्ठ र उप-प्रमुख मान्ती देवी साहको नेतृत्वमा नगरपालिकाले ५१ वटा पुस्तक खरिद गरी पुनको अभियानमा सहयोग पुर्‍याएको हो।

पुनले लामो समयदेखि अलपत्र रहेको वीरगञ्जको कृषि औजार कारखानालाई पुनः सञ्चालनमा ल्याउन पुस्तक बेच्ने अभियान सुरु गरेका छन। यस अवसरमा नगर प्रमुख श्रेष्ठले पुनको पहललाई ऐतिहासिक र प्रेरणादायी भन्दै गोलबजार नगरपालिका यस अभियानमा साथ दिन सदैव तत्पर रहेको बताए।

उप-प्रमुख साहले पनि यस अभियानले कृषि क्षेत्रमा आधुनिकता र आत्मनिर्भरता ल्याउन मद्दत पुग्ने विश्वास व्यक्त गरिन्। महावीर पुनले गोलबजार नगरपालिकाको सहयोगप्रति आभार प्रकट गर्दै देशव्यापी रुपमा सबै तहका निकायहरू यस अभियानमा सहभागी भएमा कृषि औजार उत्पादनमा ठूलो परिवर्तन ल्याउन सकिने धारणा राखे।

गोलबजार नगरपालिकाको यो कदमले सामाजिक दायित्व निर्वाहमा स्थानीय सरकारको सकारात्मक भूमिका देखाएको पुनले बताउदै नगर प्रमुख सहित सबै लाई धन्यवाद व्यक्त गरेका छन।

हरियाे पाटी न्यूज डेस्क

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित