श्रृजनशील लघुवित्तको छैठौं वार्षिक साधारण सभा 

हरियो पाटी

हरियो पाटी

645
SHARES
884
VIEWS

गोलबजार, सिराहा – श्रृजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडको छैठौं वार्षिक साधारण सभा चल्दै छ । पूर्व कानुनमन्त्री लिलानाथ श्रेष्ठले दीप प्रज्वलन गरी सभाको उद्घाटन गरेका छन। कार्यक्रममा गोलबजार नगरपालिकाका नगर प्रमुख श्याम कुमार श्रेष्ठलगायत स्थानीय प्रतिनिधि, सेयरधनी, सञ्चालक समिति सदस्य तथा अन्य पदाधिकारीहरूको उपस्थिति रहेको छ।सानो पूँजीबाट सुरु भएको श्रृजनशील लघुवित्त हाल अर्बौं रुपैयाँको कारोबार गर्ने राष्ट्रियस्तरको वित्तीय संस्था बन्न सफल भएको छ। नेपाल राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजतप्राप्त यस संस्थाले हालसम्म १७३ जनालाई रोजगारी प्रदान गरिसकेको छ।

वित्तीय विस्तार र भविष्यका योजना हरु ?

संस्थाले ग्रामीण भेगका नागरिकलाई वित्तीय पहुँचमा ल्याउने उद्देश्यसहित विभिन्न लघुवित्त कार्यक्रम सञ्चालन गर्दै आएको छ। वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै, संस्थाले आगामी दिनमा थप वित्तीय सेवा विस्तार गर्ने योजना बनाएको छ।

संस्थाका अध्यक्ष राजकुमार श्रेष्ठका अनुसार, संस्थाले आर्थिक समृद्धिमा योगदान पुर्याउन थप प्रभावकारी वित्तीय सेवा प्रदान गर्ने लक्ष्य राखेको छ। साधारण सभाले संस्थाको आगामी रणनीति तय गर्दै वित्तीय समावेशिता अभिवृद्धि गर्ने दिशामा मार्गचित्र कोर्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित