आज कति पुग्यो सुनको मूल्य ?

Picture of हरियो पाटी

हरियो पाटी

511
SHARES
700
VIEWS

काठमाडौं ।  नेपाली बजारमा केही दिनयता उकालो लागेको सुनको मूल्य मंगलबार स्थिर रहेको छ ।

सोमबार तोलामा १ हजार ६०० रुपैयाँले बढेर ३ लाख ६ हजार ८०० रुपैयाँ पुगेको छापावाल सुनको मूल्य मंगलबार स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार मंगलबार अघिल्लो दिन सोमबारकै सुनको मूल्य ३ लाख ६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

सोमबार १ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ७  हजार ८०० रुपैयाँ पुग्दा आइतबार ३ हजार ६०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार २०० रुपैयाँ पुगेको थियो ।
images

यस्तै, मंगलबार चाँदीको मूल्य तोला १५ रुपैयाले घटेर ४ हजार ७५५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

images

सोमबार चाँदीको मूल्य तोलामा ६० रुपैयाँले बढेर ४ हजार ७७० रुपैयाँ पुगेको थियो । आइतबार चाँदीको मूल्य तोलामा ५० रुपैयाँले बढेर ४ हजार ७१० रुपैयाँ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित