स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय समीक्षामा गोलबजार प्रथम

Picture of हरियो पाटी

हरियो पाटी

516
SHARES
707
VIEWS

सिरहा । सिरहामा सञ्चालन गरिएका स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय वार्षिक समीक्षामा गोलबजार नगरपालिका प्रथम भएको छ। गोलबजारले जिल्लाका १७ स्थानीय तहमध्ये ८२.४३ प्रतिशत अंक प्राप्त गर्दै पहिलो स्थान हासिल गरेको हो।

स्वास्थ्य कार्यालय सिरहाले आयोजना गरेको वार्षिक समीक्षा गोष्ठीमा खोप, पोषण, बाल स्वास्थ्य, मातृ तथा नवजात शिशु स्वास्थ्य, क्षयरोग, कुष्ठरोगलगायत सरुवा रोग नियन्त्रण कार्यक्रमको समग्र मूल्यांकन गरिएको थियो।
मूल्यांकनमा ७२.१८ प्रतिशत अंकसहित अर्नामा गाउँपालिका दोस्रो र ७१.७४ प्रतिशत अंकसहित लहान नगरपालिका तेस्रो भएका छन्। सिरहा नगरपालिका ५२.७५ प्रतिशत अंकसहित अन्तिम स्थानमा रहेको जनाइएको छ।

गोलबजार नगरपालिका स्वास्थ्य कार्यक्रमको जिल्ला स्तरीय मूल्यांकनमा आर्थिक वर्ष २०७८/७९ देखि २०८२/८३ सम्म लगातार पाँचौँ पटक प्रथम भएको नगरपालिकाले जनाएको छ।

सो अवसरमा गोलबजार नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सरोज कुमार कर्ण समेत सम्मानित भएका छन्।

स्वास्थ्य शाखा प्रमुख कर्णले लगातार पाँचौँ पटक प्रथम हुनुमा नगरपालिका मातहतका स्वास्थ्य संस्थामा कार्यरत सम्पूर्ण स्वास्थ्यकर्मी तथा महिला स्वास्थ्य स्वयंसेविकाको योगदान रहेको बताए। उनले उपलब्धिको श्रेय स्वास्थ्य क्षेत्रमा कार्यरत सबै कर्मचारी र स्वयंसेविकालाई दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित