अध्यक्ष ओलीको मानहानि गरेको भन्दै एमालेले गर्‍यो लुम्बिनी सांसदलाई पार्टीबाट निलम्बन

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

नेकपा (एमाले) को बाँके जिल्ला कमिटीले लुम्बिनीका प्रदेश सभा सदस्य दुर्गा चौधरीलाई पार्टी सदस्यबाट निलम्बन गरेको छ।सांसद चौधरीलाई एमाले बाँकेले मंगलबार पार्टी सदस्य निलम्बन गरी प्रदेश र केन्द्रीय कमिटीलाई बोधार्थ दिएको छ।

सांसद चौधरीले अध्यक्ष केपी शर्मा ओली, महासचिव शंकर पोखरेललको मानहानि गरेको आरोप लगाइएको छ।यसबारे उनीसँग स्पष्टीकरण पनि सोधिएको र चित्तबुझ्दो जबाफ नदिएकाले उनलाई निलम्बन गरिएको बाँके जिल्ला अध्यक्ष निरक गुरूङले बताए।

‘एमाले बाँकेले २०८१ कात्तिक ५ गतेका दिन पार्टीलाई हानीनोक्सानी पुर्‍याउने मनसायका साथ पार्टीका केन्द्रीय अध्यक्ष, महासचिव समेतको मानहानि हुने गरी पार्टीका मूल्य, मान्यताविपरीत सार्वजनिकरूपमा गालीगलौज गर्ने, समाजिक सञ्जालमा, पार्टीका नेता, कार्यकर्तालाई खुइल्याउने पार्टीका विरुद्धमा समाचार लेख्ने जस्ता गतिविधि निरन्तर गर्नुभएका कारण तपाईंलाई विधानको धारा ८ को (३) र (४) बमोजिम स्पष्टीकरण सोध्ने काम भयो।

स्पष्टीकरणको जबाफ दिने सन्दर्भमा आफ्ना कमीकमजोरीप्रति महसुसीकरण गर्नुको साटो उल्टै पार्टी नेता, कार्यकर्ता र समग्र पार्टीका विरूद्धमा लिखित जबाफ दिनुभएको हुँदा तपाईंलाई पार्टी विधानको धारा ८१ (७) को अनुशासनको कारबाहीको व्यवस्था अनुरूप पार्टी सदस्यताबाट निलम्बन गरिएको जानकारी गराउँछु,’ गुरूङले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

उनी २०७९ मंसिरमा भएको प्रदेश सभा निर्वाचनमा बाँके निर्वाचन क्षेत्र नम्बर १ को २ बाट निर्वाचित भएका थिए। चौधरी यसअघि एमाले लुम्बिनी प्रदेश कमिटीका उपसचिव पनि थिए।

पार्टीको नीतिविपरीत गतिविधि गरेको भन्‍दै उनलाई प्रदेश कमिटीबाट पनि हटाइएको थियो। पछिल्लो समय उनले मंसिर ७ मा एमालेले काठमाडौंमा गरेको जागरण सभाको विरूद्धमा फेसबुकलगायत सामाजिक सञ्जालमा विरोध गरेका थिए। सेतो पाटी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित