भारतबाट अवैध रूपमा ल्याइएको २५ लाखको सयपत्री माला बरामद

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

मोरङ : भारतबाट अवैध रूपमा नेपाल भित्र्याएर भण्डारण गर्ने तयारी गरिएको करिब २५ लाख रुपैयाँ मूल्य बराबरको सयपत्री फूलका माला सशस्त्र प्रहरीले बरामद गरेको छ।

सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनी, मोरङबाट खटिएको टोलीले कात्तिक १४ गते बिलबिजकबिनै ल्याइएका सयपत्री फूलका तयारी माला नियन्त्रणमा लिएको हो।

ती माला ग्लोबल कोल्ड स्टोर र राधाकृष्ण कोल्ड स्टोरमा राख्ने तयारी भइरहेको अवस्थामा फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद मालाको अनुमानित बजार मूल्य २५ लाख रुपैयाँ रहेको छ। नियन्त्रणमा लिइएका माला सशस्त्र प्रहरी बल नेपाल नम्बर ३ गण हेडक्वार्टर कंकालिनीमा राखिएको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित