दशैंको टिकाका दिनदेखि बेपत्ता साकेत धानखेतमा मृत भेटिए

Picture of हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

जनकपुरधाम । धनुषाबाट १० दिनदेखि बेपत्ता ७ वर्षीय बालक मृत अवस्थामा फेला परेका छन्।नगराइन नगरपालिका–७ देवडिहाका अजय झाका ७ वर्षीय छोरा साकेत झाको शव घरदेखि करिब अढाई किलोमिटर उत्तरतर्फ धानखेतमा फेला परेको हो।

धनुषाका प्रहरी प्रवक्ता डिएसपी ओमप्रकाश खनालका अनुसार केही समयअघि धानखेतमा बालकको शव फेला परेको हो। घटनास्थलमा पुगेर प्रहरीले अनुसन्धान थालेको उनले बताए।

साकेत गत कात्तिक ४ गते दशैंको टिकाका दिन घरबाट निस्किएका थिए। त्यसपछि उनी सम्पर्कविहीन भएपछि परिवारजन तथा गाउँले चिन्तित भएका थिए।

बालक बेपत्ता भएपछि प्रहरीले परिवारजनसँगै खोजीलाई तीव्रता दिएको थियो। नजिकका गाउँघर, पोखरी तथा झाडी क्षेत्रमा समेत खोजी गर्दा पनि साकेत फेला परेका थिएनन्।

प्रहरीले बालकको हत्या भएको हुन सक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी खनालले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित