सिरहा- जिल्ला अदालत सिरहाको परिसरबाट हतकडी फुत्काएर फरार भएका एक थुनुवा पक्राउ परेका छन् ।क्राउ पर्नेमा सिरहा नगरपालिका–१४ खिरौनाका १९ वर्षीय सतीश दास रहेका छन् । उनी लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेपछि प्रहरी हिरासतबाट अदालत लैजाने क्रममा फरार भएका थिए ।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार गत असोज २१ गते ब्राउन सुगरसहित पक्राउ परेका दासलाई असोज २२ गते जिल्ला अदालत सिरहाबाट २० दिनको म्याद थप गरी फर्काउने क्रममा अदालत परिसरबाट हतकडी फुत्काएर फरार भएका थिए ।
प्रहरी प्रवक्ता एवं डिएसपी रमेशबहादुर पालका अनुसार फरार भएपछि उनको खोजी तीव्र बनाएको र सोही क्रममा गए राति ११ बजेर ३५ मिनेटमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमाण्डमा खटिएको टोलीले नेपाल भारत दशगजा क्षेत्रको सिरहा नगरपालिका–१४ खिरौनाबाट पक्राउ परेका हुन् ।
पक्राउ परेका दासलाई जिल्ला प्रहरी कार्यालय सिरहामा ल्याइ घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


















Discussion about this post