बारामा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा दुई जना युवकको मृत्यु भएको छ।
वीरगन्ज-पथलैया सडकखण्डमा पर्ने जितपुर सिमरा उपमहानगरपालिका-२३ मा गएराति ना.३ ख ५६१० नम्बरको ट्रकले ना.४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाउको छ।
मृत्यु हुनेमा पर्साको वीरगन्ज महानगरपालिका-१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्याय र बाराको करैयामाई गाउँपालिका-७ का ३० वर्षीय दिलिप चौधरी रहेका जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।
ट्रकले ठक्कर दिँदा उनीहरू गम्भीर घाइते भएका थिए।उनीहरूलाई उपचारको लागि वीरगन्जमा रहेको नारायणी अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनापछि ट्रक चालकलाई इलाका प्रहरी कार्यालय सिमराले पक्राउ गरेको छ।


















Discussion about this post