मोटरसाइकलको ठक्करबाट गोलबजारमा चार वर्षीय बालकको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

607
SHARES
832
VIEWS

सिरहा — सिरहाको गोलबजार नगरपालिका–१३ मा मोटरसाइकलको ठक्करबाट चार वर्षीय बालकको मृत्यु भएको छ।मृत्यु हुनेमा स्थानीय रामदयाल यादवका चार वर्षीय छोरा आयान्स कुमार यादव रहेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार बालक मंगलबार बिहान आफ्नै घरअगाडि खेलिरहेको अवस्थामा नम्बर नखुलेको मोटरसाइकलले ठक्कर दिएको थियो। दुर्घटनामा गम्भीर घाइते भएका बालकलाई उपचारका लागि गोलबजारतर्फ ल्याउने क्रममा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ।

घटनामा संलग्न मोटरसाइकल र चालकको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।
बालकको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल लहान पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित