जनकपुरधाम। नक्कली भारतीय रुपैयाँ (भारु) कारोबारको आरोपमा भारतमा धनुषाकी हिरादेवी महासेठ (‘चाची’) पक्राउ परेपछि सीमा क्षेत्रमा चल्दै आएको तस्करी र प्रहरी मिलेमतोको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत घुमुवा प्रहरी सहायक निरीक्षक रामरेख राय यादव, प्रहरी जवान विजय मुखिया र नवीन साहको तस्कर समूहसँग प्रत्यक्ष आर्थिक लेनदेन रहेको पाइएको हो।
स्रोतका अनुसार असई यादवले प्रहरीको नाममा ‘चाची’ बाट मासिक करिब ६ लाख रुपैयाँसम्म बुझ्ने गरेका थिए। उक्त रकमको बदलामा सीमा नाकाबाट हुने नक्कली भारु, मदिरा, कपडा, सुपारी र सुकमेलजस्ता अवैध वस्तुको ओसारपसारलाई प्रहरीले संरक्षण दिँदै आएको दाबी गरिएको छ। लामो समयदेखि सीमा क्षेत्रमै कार्यरत यादव सरुवा भए पनि पुनः धनुषामै फर्किने गरेकाले उनको सम्पत्तिको स्रोत र गतिविधिमाथि प्रश्न उठेको छ।
यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) रुपेश खड्काले यस विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नरहेको र छानबिनका क्रममा दोषी पाइए प्रहरी कर्मचारीहरूमाथि कानुनी तथा विभागीय कारबाही गरिने बताउनुभयो।


















Discussion about this post