सिराहामा सशस्त्र प्रहरीद्वारा डेढ क्विन्टलभन्दा बढी गाँजा बरामद

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

सिरहा । सशस्त्र प्रहरी बल सिराहाले डेढ क्विन्टलभन्दाबढी प्रतिबन्धित लागु औषध गाँजा बरामद गरेको छ। जिल्लाको औरही गाउँ पालिका ४ इटाटारस्थित नेपाल–भारत सीमा क्षेत्रबाट एक क्विन्टल ५७ किलो २०७ ग्राम गाँजा सशस्त्र प्रहरीबल नेपाल नम्बर ७ गण हेड क्वाटर सिराहाको गस्ती टोलीले गएराति १ः ३५ बजे बरामद गरेको हो।

टाउकोमा बोकेर नेपालबाट भारत तर्फ अवैधरुपमा लैजाँदै गरेको अवस्थामा टोलीलाई देखेर व्यक्तिहरू फरार भएको र उक्त प्रतिबन्धित लागु औषध गाँजा बरामद गरिएको नम्बर ७ गण प्रमुख एसपी सुमनजंग थापाले जानकारी दिए। उनले प्लास्टिकमा प्याक गरी कपडाले बाँधेको ८ वटा गाँजाको पोका बरामद भएको बताए।

नियन्त्रणमा लिइएको उक्त पदार्थ आवश्यक अनुसन्धानको लागि सम्बन्धित निकायमा बुझाउने प्रक्रियामा रहेको सशस्त्र प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित