‘चाची’ र घुमुवा प्रहरी राम रेखबीच मासिक ६ लाखको सेटिङ?

Picture of हरियो पाटी

हरियो पाटी

512
SHARES
701
VIEWS

जनकपुरधाम। नक्कली भारतीय रुपैयाँ (भारु) कारोबारको आरोपमा भारतमा धनुषाकी हिरादेवी महासेठ (‘चाची’) पक्राउ परेपछि सीमा क्षेत्रमा चल्दै आएको तस्करी र प्रहरी मिलेमतोको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत घुमुवा प्रहरी सहायक निरीक्षक रामरेख राय यादव, प्रहरी जवान विजय मुखिया र नवीन साहको तस्कर समूहसँग प्रत्यक्ष आर्थिक लेनदेन रहेको पाइएको हो।

​स्रोतका अनुसार असई यादवले प्रहरीको नाममा ‘चाची’ बाट मासिक करिब ६ लाख रुपैयाँसम्म बुझ्ने गरेका थिए। उक्त रकमको बदलामा सीमा नाकाबाट हुने नक्कली भारु, मदिरा, कपडा, सुपारी र सुकमेलजस्ता अवैध वस्तुको ओसारपसारलाई प्रहरीले संरक्षण दिँदै आएको दाबी गरिएको छ। लामो समयदेखि सीमा क्षेत्रमै कार्यरत यादव सरुवा भए पनि पुनः धनुषामै फर्किने गरेकाले उनको सम्पत्तिको स्रोत र गतिविधिमाथि प्रश्न उठेको छ।

​यता जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख (एसपी) रुपेश खड्काले यस विषयमा आफूलाई कुनै आधिकारिक जानकारी नरहेको र छानबिनका क्रममा दोषी पाइए प्रहरी कर्मचारीहरूमाथि कानुनी तथा विभागीय कारबाही गरिने बताउनुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित