काठमाडौँ । स्वतन्त्र सांसद अमरेसकुमार सिंहले एनसेलको सेयर हस्तान्तरण रोक्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । उनले शुक्रबार आजियाटा कम्पनीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
एनसेलको ८० प्रतिशत सेयर रहेको आजियाटाको सेयर हस्तान्तरण अवैधानिक रहेको भन्दै उनले रिट दायर गरेको जनाएका छन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘आज विभिन्न ६ वटा निकायलाई विपक्षी बनाई सम्मानित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गराएको छु।’
रिटमा सर्वोच्चले यही मंसिर २४ गते आइतबारका लागि पेसी तोकेको उनले जानकारी दिएका छन् ।
Discussion about this post