गोलबजार, सिरहाको गोलबजार नगरपालिबाट अव चाँडै करदाता सेवा सुचारु हुने भएको छ। जिल्लामा पहिलो पटक आन्तरिक राजस्व कार्यालय लहान र गोलबजार नगरापलिकाविच आज ‘करदाता सेवा’ सञ्चालनगर्ने सहमति पत्रमा हस्ताक्षर भएको हो।
सम्झौतामा हस्ताक्षर पश्चात आन्तरिक राजस्व कारार्यालय लहानका प्रमुख अमित पौड्यालले सेवा सञ्चालनले साना व्यक्तिगत करदाता, साना व्यवसायीक करदाताहरु विशेष लाभावित हुने बताए। ‘सानाकरदाताहरुले यहि नगरपालिकाबाट सेवा प्राप्त गर्न सक्ने छन्। उहाँहरुलाई लहानसम्म धाईरहनुपर्ने बाध्यता पनि अन्त्य हुन्छ,’ पौड्यालले भने, ‘सहजरुपमा पालिकाबाट सेवा प्राप्त गर्नसकिने र पालिकाको पनि आफ्नो ‘पेरीफरी’ भित्रका व्यसायीहरुसँग सम्वन्ध गाँसीने छ। यसले अन्य करहरुको विषयमा सहकार्य हुने हुन्छ।’
उनले यस कार्यले स्थानीय तहको राजस्व बढाउन पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे। प्रमुख पौड्यालले अव यहाँका साना व्यसायी तथा व्यक्तिगत पान नम्वरका लागि लहान धाईरने झन्झटबाट मुक्त हुने हुने बताए। ‘जसका कारण लहान जान आउन पर्दैन र हाम्रो पनि कार्यभार कम हुन्दै जान्छ,’ प्रमुख पौडेलले भने।
सिरहा जिल्लामै गोलबजार नगरपालिक करदाता सेवा प्रवाहमा हस्ताक्षर गर्ने पहिलो नगरपालिका हुन पाएकोमा प्रमुख प्रशासकीय अधिकृत रपनारायण खतिवडाले खुशी व्यक्त गरे। उनले कर्मचारीको तालिमपश्चात मंसिरको पहिलो साताबाट यो सेवा प्रवाह हुने बताए।
गोलबजार नगरपालिकाका मेयर श्यामकुमार श्रेष्ठको हस्ताक्षर कार्यक्रम सम्पन्न भएको थियो। उनले यो प्रशासनिक सेवा प्रवाहमा युगान्तकारी कार्यभएको बताए। आगामी दिनहरुमा यस्ता सेवा प्रवाहका कार्यमा नगरले पहलकदमी लिने बताए।


















Discussion about this post