त्रिविको स्नातक चौथो वर्षको पूरक परीक्षाको आवेदन खुला

Picture of हरियो पाटी

हरियो पाटी

515
SHARES
705
VIEWS

काठमाडौं । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय बल्खुले चारवर्षे स्नातक तह बीए, बीएफए, बीबीएस, बीएड र बीएस्सी चौथो वर्षको पूरक परीक्षाका लागि आवेदन फाराम खुला गरेको छ।

परीक्षा नियन्त्रण कार्यालयका अनुसार २०८२ सालको चौथो वर्षको परीक्षामा बढीमा दुई विषयमा अनुत्तीर्ण वा अनुपस्थित विद्यार्थीले पूरक परीक्षा दिन पाउनेछन्। आवेदन फाराम २०८३ कात्तिक १० गतेदेखि मंसिर ४ गतेसम्म भर्न सकिनेछ।

परीक्षार्थीले सम्बन्धित क्याम्पस वा कलेजमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। परीक्षा शुल्क विषय र परीक्षार्थीको अवस्थाअनुसार तोकिएको छ। परीक्षा केन्द्र पछि प्रकाशित गरिने कार्यालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित