मेरो अन्तिम यात्रा काठमाडौको

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

कारुणिक कथा
हामी सुदूरपश्चिमदेखि काठमाडौ जाँदैछौँ । यति लामो १८ देखि २० घण्टाको बाटोमा बिना पानी, बिना खाना, बिना आराम, बिना निन्द्रा हामी काठमाडौ पुग्नेछौं । बस्न खोजे हाम्रो पुच्छर चुँडिनेछ। हल्लिन खोजे नाकको नाथ्री च्यातिनेछ। हाम्रो आँसु, क्रन्दन, चित्कार कसैले देख्ने,सुन्ने छैनन् । हामीलाई कसैले गुहार दिने छैनन् किनकी हामी पशु हौं । यहाँ बाँच्न त मानिसलाइ मात्र पर्छ, दुखाइ त मानिसलाइ मात्र हुन्छ, कथित उच्च चेतित भनिने मानिसकै बुझाइमा यो मानव निर्मित नर्क हो । हाम्रा यी पीडा र यातना बिना मनुष्यको जिब्रोको तलतल र भुँडीको भोक मेटिँदैन। हामीले जवानी भरि मानिसलाइ दूध खुवाएर तिनका छोराछोरी हुर्कायौ । हाम्रा कल्चौडोबाट निस्किने सेता रगत निचोरेर तिनले आफ्नो रगत बढाए । त्यहि बेचेर परिवारको ढुकुटी बढाए। जवानी सक्किएपछि हामी बेकम्मा भइ बिक्री भयौ । हामी त्यहाँ घुम्न किनमेल गर्न, जागीर खान, वा पढ्न जान लागेका हैनौ । हामी त्यहाँ आफुले नगरेको अपराधको मृत्युदण्ड ग्रहण गर्न अन्तिम यात्रामा जाँदैछौ । आफ्ना परिवारको माया लाग्छ। आफुलाई पाल्ने र चुट्की दाम पैसाका लागि हाम्रो प्राण बेच्ने परिवारको पनि मुटु चुँडाउने माया छ । तपाइले यो पोष्ट पढ्न पाउन्जेल हामी स्वादका दास मनुस्यका जिब्रो घाँटी भिजाउँदै पेटसम्म पुगेर बाहिर निस्की माटोपानीमा मिलिसकेका हुनेछौ । हामी मानिसलाइ हाम्रा देउताका रूपमा देख्न चाहन्थ्यौ तर स्वादका कुलतमा उत्रिनै कठीन हुनेगरी केहि चोक्टाको लालचमा फँसेकोमा मानिस तिमीलाइ हार्दिक समवेदना !  लक्षमि अचार्यको फेसबुक बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित