गोलबजारमा ‘रक्तदान अभियानमा ३९ जनाद्वारा रक्तदान

Picture of हरियो पाटी

हरियो पाटी

529
SHARES
724
VIEWS

सिरहा, – सिरहाको गोलबजारमा लाइफ लङ हेल्थ केयर प्रा.लि.ले “रक्तदान जीवनदान” भन्ने नारासहित रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। गोलबजार नगरपालिका वडा नं. ४ मा आयोजित उक्त कार्यक्रममा ३९ जनाले उत्साहपूर्वक रक्तदान गरेका छन्।

करिब एक दशकदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको लाइफ लङ हेल्थ केयरले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत कार्यक्रम आयोजना गरेको हो। कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी को सहकार्य रहेको थियो।

संस्थाका सञ्चालक पंकज साहका अनुसार, रगतको अभावका कारण कसैले ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो। कार्यक्रममा सहभागी युवाहरूले पनि रक्तदानजस्तो पुण्य कार्यमा सहभागी हुन पाउँदा खुसी व्यक्त गरेका छन्।

स्थानीय तहमा यस्ता सामाजिक गतिविधिले जनचेतना अभिवृद्धि गर्नुका साथै आपतकालीन अवस्थामा आवश्यक पर्ने रगतको सहज आपूर्ति सुनिश्चित गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित