सिरहा -सिरहा नगरपालिकाका मेयर नवीनकुमार यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । नगरपालिकामा कार्यरत कार्यालय सहयोगीलाई कुटपिट गरेको घटनामा उनीविरुद्ध जिल्ला प्रहरी कार्यलाय सिरहाले पक्राउ पुर्जी जारी भएको सिरहाका प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
नगर प्रमुख यादवले सोमबार बिहान ९ बजे हाजिरी गरिरहेको अवस्थामा कार्यालय सहयोगी ५० वर्षीय रामशरण यादवलाई गालीगलौज गर्दै लात र मुक्काले कुटपिट गरेका थिए ।
कुटपिटबाट उनको रिडकाे हड्डी भाँच्चिएको छ भने शरीरका विभिन्न भागमा पनि चोट पटक लागेको प्रहरीले जनाएको छ । यादबकाे विराटनगरमा उपचार सम्भाव नभएपछि थप उपचारकोलागि काठमाडौं लगिएको छ ।
सोही घटनामा मेयर यादवमाथि अभद्र व्यवहार गरेको कसुरमा जिल्ला प्रहरीकार्यलय सिरहामा मुद्दा दर्ता गरी जिल्ला प्रशासन कार्यालय, सिरहाबाट पक्राउ अनुमति लिएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रमुख प्रहरी उपरीक्षक बासुदेव पाठकले जानकारी दिए ।
उनका अनुसार, पक्राउ पुर्जी जारी भएसँगै मेयर यादवको खोजीकार्य जारिरहेको प्रहरीले जनाएको छ । पक्राउ पुर्जी भएपछि मेयर यादव फरार भएको छ । रातोपाटीबाट


















Discussion about this post