सिरहा– एसईई परीक्षामा वाट्सएप भाइबर र फेसबुक म्यासेन्जरबाट यहाँका निजि बिधालयका शिक्षक तथा अभिभावकले चिट चोराउने तरिका अपनाएको पाइएको छ ।
परीक्षा हलमा सहभागी विद्यार्थी तथा परीक्षामा खटिएका गार्डले मोबाइलबाट प्रश्नपत्रको फोटो खिच्ने र त्यसलाई परीक्षा केन्द्र बाहिर रहेका निजि बिधालयका शिक्षक तथा अभिभावकलाई म्यासेज पठाई प्रश्नपत्र आउट गर्ने गरिएको पाइएको हो ।
उक्त प्रश्नपत्रका आधारमा उत्तर समेत तयार गरी पुनः वाट्सएप भाइबर वा म्यासेन्जरबाटै परीक्षा केन्द्रमा परीक्षा दिइरहेका विद्यार्थीलाई चिट पठाउने गरिएको पाइएको हो । एस ईई परीक्षाको पहिलो दिनदेखिनै सिरहाको बिभिन्न
परीक्षा केन्द्रमा भाइबर र म्यासेन्जरमार्फत प्रश्न आउट गर्ने र म्यासेन्जरकै माध्यमबाट उत्तर विद्यार्थीसम्म उत्तर पठाउने तरिका अपनाइएको पाइको एक शिक्षकले बताए ।
सिरहाको गोलबजा मिर्चैया लहान जमदह चोहर्वा सिरहा सदरमुकाम फुलबरिया लगायत जिल्लाका बिभिन्न परीक्षा केन्द्रमा मोबाइलको भाइबर र म्यासेन्जरबाट चिट चोराउने तरिका अपनाइएको छ ।
यस वर्ष सिरहामा ५१ वटा परीक्षामा केन्द्र निर्धारण गरिएको छ। कुल ११ हजार ३७ विद्यार्थी एसईई परीक्षामा सहभागी भएका छन्। जसमा साधारणतर्फ १० हजार ६२५ र प्राविधिकतर्फ ४१२ जना रहेका छन्। परीक्षार्थीमध्ये ५ हजार ३०८ छात्रा र ५ हजार ७२९ छात्र रहेका छन्।
















Discussion about this post