गाेलबजारमा मोटरसाइकलको ठक्करबाट बालिकाको मृत्यु

Picture of हरियो पाटी

हरियो पाटी

599
SHARES
821
VIEWS

सिरहा, ५ फागुन। सिरहमा मोटरसाइकलको टक्करबाट विहिवार राति एक बालिकाको मृत्यु भएको छ। भित्री सडक अन्तर्गत जिल्लाको गोलबजार नगरपालिका ८ भाईजी टोलमा स. ६ प ८४८२ नम्वरको मोटरसाइकलको टक्करबाट बटोमा खेलिरहेका स्थानीय मनिस यादवकी ३ वर्षिया छोरी खुश्वुको मृत्यु भएको हो।

मेटरसाइकलको ठक्करबाट घाईते बालिकालाई उपचारको लागि अस्पताल लादैंगर्दा बाटोमै मृत्यु भएको इलाका प्रहरी कार्यालय गोलबजारका इन्सपेक्टर राजु केसीले जानकारी दिए।

शव पोष्टमार्टमको लागि लहानस्थित प्रादेशिक अस्पतालमा राखिएको छ। मोटरसाईकल र चालक प्रहरीको नियन्त्रणमा रहेको छ। घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित