गोलबजारमा ६० लाखको लागतमा तीनकोठे विद्यालय भवन निर्माण हुने

Picture of हरियो पाटी

हरियो पाटी

513
SHARES
703
VIEWS

सिरहा । सिरहाको गोलबजार नगरपालिका–१२ बेतौनास्थित आधारभूत विद्यालयमा ६० लाख रुपैयाँको लागतमा निर्माण हुने तीनकोठे भवनको शिलान्यास गरिएको छ।

बिल्डर्स नेपाल र गोलबजार नगरपालिकाको समन्वयमा निर्माण हुन लागेको भवनको शिलान्यास गोलबजार नगरपालिकाका नगर प्रमुख श्यामकुमार श्रेष्ठले गरेका हुन्।

शिलान्यास कार्यक्रममा नगर उपप्रमुख मान्ती साह, वडा अध्यक्ष हरु समाजसेवी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो। कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ।

शिलान्यास कार्यक्रममा नगर प्रमुख श्रेष्ठले गुणस्तरीय शिक्षा प्रदान गर्न विद्यालयको भौतिक पूर्वाधार विकास आवश्यक रहेको बताए। उनले विद्यालय भवन निर्माणले विद्यार्थीलाई सुरक्षित र सहज वातावरणमा अध्ययन गर्ने अवसर प्रदान गर्नुका साथै शिक्षण सिकाइ प्रक्रियालाई प्रभावकारी बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे।

उनले स्थानीय तहको प्राथमिकतामा शिक्षा क्षेत्र रहेको उल्लेख गर्दै विद्यालयको पूर्वाधार विकाससँगै शिक्षाको गुणस्तर सुधारमा समेत ध्यान दिनुपर्ने बताए। विद्यालयको विकासका लागि स्थानीय सरकार, विभिन्न संघसंस्था र समुदायबीच सहकार्य आवश्यक रहेको उनको भनाइ थियो।

नयाँ भवन निर्माण भएपछि विद्यालयको कक्षाकोठा अभाव कम हुनुका साथै विद्यार्थीको पठनपाठनमा सहजता आउने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित