सिरहा । सिरहा जिल्लाका विभिन्न स्थानमा कार्यरत ट्राफिक प्रहरीमाथि दसैँ खर्चका नाममा यातायात व्यवसायी तथा सवारीसाधन सञ्चालकसँग रकम माग्ने र दबाब दिने गरेको आरोप सार्वजनिक भएको छ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानअन्तर्गत सिरहा, विष्णुपुर, बन्दीपुर, धनगढी, महेश्वरी, झाझपट्टी, बरियारपट्टी र सुखीपुरलगायतका विभिन्न ट्राफिक पोस्ट तथा बिटमा कार्यरत ट्राफिक प्रहरीले दसैँ खर्चका नाममा अबैध रकम असुली गरिरहेको छ ।
नाम उल्लेख नगर्ने सर्तमा एक ट्राफिक प्रहरीले यो दसै खर्चमात्र हैन्न जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानमा प्रत्येक महिना ७ हजारदेखि १० हजार रुपैयाँसम्म बुझाउनुपर्ने अवस्था रहेको बताएका छन्। उनका अनुसार माथिल्लो निकायसम्म समेत रकम बुझाउनुपर्ने दबाब रहने गरेको छ।
ट्राफिक प्रहरीमाथि गाईगोरु तथा माछा ढुवानी गर्ने सवारीसाधन, टिपर व्यवसाय, क्रसर उद्योग, इँटा उद्योग र निर्माण व्यवसायसँग सम्बन्धित व्यक्तिहरूबाट समेत रकम असुल्ने गरेको छ।
यस विषयमा जिल्ला ट्राफिक प्रहरी कार्यालय लहानका प्रमुख बबिन मरासिनीले आफूलाई यस्तो गतिविधिबारे कुनै जानकारी नरहेको बताएका छन्।
सिरहा जिल्लामा ११ स्थानमा ट्राफिक बिट रहेको बताइएको छ। ट्राफिक प्रहरीको मुख्य जिम्मेवारी सवारी आवागमन व्यवस्थित गर्ने, सडक दुर्घटना न्यूनीकरण गर्ने र सवारी नियमको कार्यान्वयन गराउने हो। तर, जिम्मेवार निकायका कर्मचारीमाथि नै व्यवसायी तथा सवारीसाधन सञ्चालकसँग अनधिकृत रूपमा रकम असुलने ट्राफिक प्रहरीलाई कारबाही हुनुपर्ने स्थानी यातायात व्यवसायी हरुको भनाइ छ ।


















Discussion about this post