सिरहाबाट चार दिनअघि हराएका बालबालिकाकाे भारतबाट उद्दार

हरियो पाटी

हरियो पाटी

515
SHARES
706
VIEWS

सिरहा, २५ माघ। सिरहा सदरमुकामबाट चार दिनअघि हराएका दुई बालबालिकालाई प्रहरीले  भारतबाट उद्दार गरी आज परिवारको जिम्मा लगाएको छ। गत आईतबारबाट हराईरहेका सिरहा नपा ६ वसविट्टाका मोहम्वर रजाक मंसुरकी छोरी १४ वर्षिया किनुडी खातुन र मोम्वर साहिद मन्सुरको १२ वर्षिय छोरा मोहम्मद अरमान मंसुरलाई भारतको समस्तिपुरबाट उद्धार गरी परिवारको जिम्मा लगाएको हो।

सिरहाकै लिटिल स्टार स्कुल मा कक्षा ८ र ४ मा अध्यनरत बालबालिकाहरु स्कुल छुट्टी भए पश्चात अवेरसम्म घर नफर्कीएपछि परिवारले प्रहरीलाई खवर गरेको र तत्काल प्रहरीले खोजतलास कार्यलाई तिव्रता दिएको जिल्ला प्रहरी कार्यालय सिरहाका निमित्त सूचना अधिकारी राम चन्द्र साहले जानकारी दिए।

अनुशन्धानकै क्रममा बालबालिकाहरु भारतको समस्तिपुरमा रहेको भन्ने बुझिएकोले तत्कालै वडा प्रहरी कार्यालय सिरहाबाट प्रहरी नायव निरिक्षक राजेश यादवको कमाण्डमा खटीएको टोलिले भारतिय प्रहरीसंगको समन्वयमा फेलापारी उद्दार गरेको प्रहरीको भनाई छ।

उद्दार गरीएको दुवै बाललबालिकाको अवस्था सामान्य रहेको प्रहरीको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित