गोलबजारमा बाबा रामदेव योग शिविर उद्घाटन

Picture of हरियो पाटी

हरियो पाटी

585
SHARES
801
VIEWS

 फाल्गुन ६ – सिरहाको गोलबजार नगरपालिका–४ मा आज बाबा रामदेव योग गुरुको विशेष योग शिविर उद्घाटन गरिएको छ।

शिविर उद्घाटन समारोहका प्रमुख अतिथि  नगर प्रमुख श्याम कुमार श्रेष्ठले योग स्वास्थ्यका लागि अनिवार्य रहेको भन्दै नगरवासीलाई नियमित योग अभ्यास गर्न सबै नगरबासी लाइ आग्रह गरेका छन। उहाँले योगले मानसिक तथा शारीरिक सन्तुलन कायम राख्न सहयोग गर्ने भएकाले समुदायस्तरमा यस्ता कार्यक्रम सञ्चालन गरिनु आवश्यक रहेको उल्लेख गर्नुभयो।

वडा अध्यक्ष सकलदेव यादवले समेत योग साधनाले स्वस्थ जीवनशैली बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै वडा कार्यालयबाट समेत यस्ता क्रियाकलापलाई प्रवर्द्धन गर्न आवश्यक पहल गरिने बताउनुभयो।

शिविरमा विभिन्न आसन, प्राणायाम तथा ध्यान प्रविधिहरू सिकाइनेछ। स्थानीयबासीको उल्लेखनीय सहभागिता रहेको यस शिविरले योगप्रति आम जनचेतना बढाउने विश्वास रहेकाे आयोजकले जनाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित