रवि लामिछानेलाई काठमाडौँ ल्याउन अलमल किन

हरियो पाटी

हरियो पाटी

517
SHARES
708
VIEWS

काठमाडौँ । अदालतबाट १५ दिनको म्याद लिएको ३ दिन हुँदा पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई काठमाडौँ ल्याइएन । मंगलबार काठमाडौँ ल्याउने भनिएपनि उनलाई जिल्ला प्रहरी कार्यालय कास्कीकै हिरासतमा राखिएको छ । उनलाई थप १५ दिन हिरासतमा राख्न मंसिर ९ मा कास्की प्रहरीले अदालतबाट म्याद लिएको थियो ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा उनीविरुद्ध काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको छ । प्राविधिक कारणले उनलाई मंगलबार ल्याउन नसकिएको प्रहरीका एकजना उच्च अधिकृतले रातोपाटीलाई बताए । ती अधिकृत भन्छन्, ‘उहाँलाई काठमाडौँ ल्याउन थप समय लाग्ने देखिएको छ ।’

रवि लामिछाने निकट रास्वपाका सहकोषाध्यक्ष दीपक बोहराले सामाजिक सञ्जालमा लेखेका छन्,‘कास्की प्रहरीले रविलाई भोलि साँझ वा पर्सी बिहान (बिहीबार) मात्र काठमाडौँ पठाउने भएको छ ।’

जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी वसन्त रजौरे बुधबारका लागि बिदामा बसेका छन् । उनलाई बिहीबार साँझसम्ममा काठमाडौँ ल्याउने सम्भावना रहेको प्रहरी प्रधान कार्यालयका एकजना उच्च अधिकृतले  बताए ।

स्वर्णलक्ष्मी सहकारीको रकम अपचलनमा संलग्न आरोपमा पूर्वडीआईजी जोशीसँग बयान लिएर पोखरा फिर्ता पठाइएको छ । काठमाडौँमा रास्वपाले विरोध प्रदर्शन गर्ने विश्लेषण गरेर पनि उनलाई ल्याउन ढिला गरिएको अनुसन्धान अधिकृतहरू बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित