मारुति सिमेन्टको सडकमै पार्किङ: दुर्घटनाको जोखिम र कानूनी उल्लंघन

Picture of हरियो पाटी

हरियो पाटी

548
SHARES
751
VIEWS
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0; brp_del_th:null; brp_del_sen:null; delta:null; module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 0;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 38;

ज्ञानकुमार राय मंसिर ६ सिरहा जिल्लाको गोलबजार नगरपालिका -९ मा रहेको मारुति सिमेन्ट उद्योगले पूर्व–पश्चिम लोकमार्गमै ट्रक र टीफर पार्किङ गरेका छन । सडकमा पार्किङका कारण दुर्घटनाको जोखिम बढेको छ भने कानूनी मापदण्डसमेत उल्लङ्घन भएको छ।

स्थानीयहरूका अनुसार, उद्योगले राजमार्गमै सवारीसाधन पार्किङ गराउँदा यात्रुहरूको आवागमनमा समस्या हुनुका साथै गम्भीर दुर्घटनाहरू निम्त्याएको छ । विशेषगरी ट्रक र टिफर जस्ता ठूला मालवाहक गाडीको सडकमै अव्यवस्थित पार्किङले सडक छेउको दृश्य अवरुद्ध गर्नाका साथै ट्राफिक जामको समस्या बढाएको छ।

पार्किङ व्यवस्थापनका लागि राजमार्ग क्षेत्रभित्र निश्चित दूरीसम्म संरचना निर्माण गर्न कानूनी प्रतिबन्ध छ। तर, मारुति सिमेन्ट उद्योगले यो मापदण्ड पालना नगरेको देखिन्छ।

यस विषयमा जिल्ला ट्राफिक कार्यालय लहानका प्रमुख पोसन राज थपलियासँग जिज्ञासा राख्दा उहाँले कुनै प्रतिक्रिया दिन चाहनुभएन। यसले समस्यालाई समाधान गर्ने जिम्मेवारी लिने निकायहरूबिचको उदासीनता प्रस्ट देखिन्छ।

स्थानीय बासिन्दाहरू सोबिल यादवका अनुसार राजमार्गमै  यस्तो अव्यवस्थित पार्किङ अन्त्य गर्न माग गरेका छन्। उनीहरूले ट्राफिक व्यवस्थापन सुधार गर्न र उद्योगलाई वैकल्पिक पार्किङ स्थलको व्यवस्था गर्न निर्देशन दिन सम्बन्धित निकायलाई आग्रह गरेका छन्।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित