कर्तिक २८ सिरहाकाे चोहर्वा बजार विकास समितिको आगामी मंसिर १ गते हुने निर्वाचनमा नागेन्द्र महतोको प्यानलले बलियो स्थान बनाएको छ। स्थानीय व्यापारी, व्यवसायी तथा सर्वसाधारणको व्यापक समर्थन प्राप्त गरेको महतो आज देखि सुरुगरेकाे प्रचारप्रसार कार्यक्रमहरूमा उल्लेख्य उपस्थिति र उत्साह देखाएको छ।महतोको नेतृत्वको प्यानलले चोहर्वा बजारलाई व्यवस्थित बनाउने, पूर्वाधार विकासलाई प्राथमिकता दिने, सुरक्षा व्यवस्थालाई मजबुत बनाउने र व्यवसायिक हितलाई प्रवर्द्धन गर्ने स्पष्ट योजना प्रस्तुत गरेको छ। यसका साथै, बजार विकासका लागि आवश्यक अन्य क्षेत्रहरूमा पनि समग्र सुधार गर्ने प्रतिबद्धता जनाएपछि व्यापारी तथा स्थानीय बासिन्दाले समर्थन जनाएका छन्।
महतोको प्यानलले प्रतिस्पर्धी समूहलाई पछाडि पार्दै अघि बढ्न सफल भएको विश्लेषकहरू बताउँछन्। आगामी निर्वाचनमा उनको प्यानलको सम्भाव्यता बलियो देखिनुका पछाडि उनको नेतृत्व क्षमता, दीर्घकालीन विकासका लागि स्पष्ट योजना तथा सामूहिक रूपमा सबै पक्षलाई समेट्ने दृष्टिकोणलाई मानिएको छ।
बजार विकास समितिको निर्वाचनले स्थानीय व्यवसाय र व्यवस्थापनलाई प्रभावित गर्ने भएकाले यो प्रतिस्पर्धा चासोको विषय बनेको छ। मतदाताहरूले आगामी दिनका लागि ठोस योजना र नेतृत्वका आधारमा नागेन्द्र महतोको प्यानल सहित बिजय हुने देखिन्छ ।
मंगलबार मनोनयन दर्ता भएकै दिन नागेन्द्र महतो सिह प्यानलका सह–सचिवमा संतोष कमार राय र कोषा–अध्यक्ष भवानि श्रेष्ठ सहित नागेन्द्र सिह महताेको प्यानल बाट ८ जना निर्विरोध भएका थिए । जसमा ६ जना सद्स्य पदका उमेदवार हरु रहेको निर्वाचन अधिकृत श्याम कुमार महतोले बताएका छन।
Discussion about this post