कार्तिक २७ सिरहा सिरहा जिल्लाको गोलबजारस्थित बर्धमान अस्पतालमा एक नवजात शिशुको मृत्युु भएका छन । मृत्युपछि शव गाडीएको अवस्था प्रहरीले बरामद गरेका छन ।सिरहा औरहीकी राधा दासलाई सुत्केरी बेथा लागेपछि प्रादेशिक अस्पताल सिरहा पुर्याइएको थियो।
तर, अस्पतालले कमिसनको लोभमा उनलाई बर्धमान अस्पताल, गोलबजारमा रेफर गरेको पीडित राहुल रायकाे आरोप छ।
बर्धमान अस्पतालमा शिशुको जन्म भएपनि एनआइसुमा ठाउ नहुदा केही समयमै नवजात शिशुको मृत्युु भयाे । मृत्युपछि लास नजिकै रहेको गागन खोलामा शिशुको शव एम्बुलेन्स चालकको सहयोगमा गाडियाे परिवारको कुनै सल्लाह बिनै गागन खोलामा शिशुको शव गाडीए पछि स्थानीय र परिवारजनमा आक्रोश फैलिएको छ।
प्रहरीको खोजी अभियानपछि शिशुको शव नजिकैको खोलाबाट बरामद गरिएको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ।
यो घटनाले अस्पताल प्रशासनको लापरवाही र अनैतिक व्यवहारलाई उजागर गर्दै स्वास्थ्य सेवामा व्याप्त विकृतिप्रति जनमानसको आक्रोश उब्जाएको छ। स्थानीयले निष्पक्ष छानबिन र दोषीमाथि कडा कारबाहीको माग गर्दै पिडित परिवारले इलाका प्रहरि कार्यलय गोलबजार उजुरी दर्ता गराएका छन ।
पिडित परिवारको उजुरीको आधारमा प्रहरिले शिशुको शव पोस्टमाडमकाे लागि प्रादेशिक अस्पताल लहानमा पठाइएको इलाका प्रहरी कार्यलय गोलबजारले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न जो कोहीलाई कानूनी दायरामा ल्याउने इलाका प्रहरी कार्यलय गोलबजारका प्रमुख गोबिन्द प्रसाद साहले प्रतिवद्धता व्यक्त गरेको छ भने, स्वास्थ्य सेवा प्रदायकहरूले यस्ता लापरवाही र कमिसन प्रथालाई निवारण गर्न कदम चाल्नुपर्ने आवश्यकता औंल्याएको छ। तर अस्पतालले हस्पिटलमा कुनै पनि शिशुकाे मृत्युु नभएको बताएका छन ।


















Discussion about this post