भाइजिटाेलमा स्थानियले गरे टोल सरसफाइ

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

सिरहाको गोलबजार नगरपालिका ८भाइजिटाेलमा चाडपर्वको अवसरमा स्थानिय बासिन्दाले टोल सरसफाइ कार्यक्रम सम्पन्न गरेका छन्।तिहार र छठजस्ता पर्वहरूलाई ध्यानमा राख्दै स्थानिय युवाहरूकाे सहकार्यमा आफ्नो टोललाई सफा र सुन्दर बनाउन सरसफाइ अभियान सञ्चालन गरेमाे स्थानीय दानि  मण्डलले जनाका छन।

अभियान अन्तर्गत सडक, चौतारा, र सार्वजनिक स्थलहरूमा फोहोरमैला संकलन गरी उचित व्यवस्थापन गरिएको स्थानीय नागे महतोले बताए । टोल सरसफाइ कार्यक्रममा गोलबजार नगरपालिकाका वडाअध्यक्ष रामसेवक महतोले समेत सहयोग पुर्‍याएको छ।

सरसफाइमा सहभागी स्थानियहरूले चाडपर्वमा आफ्नो टोललाई सफा राख्न र सार्वजनिक स्थानहरूको सरसफाइमा ध्यान दिन आवश्यक रहेको बताएका छन्।

यस किसिमका गतिविधिहरूले स्थानिय समुदायमा सकारात्मक सन्देश प्रवाह गरेको छ भने चाडपर्वका बेला वातावरणलाई सफा राख्नका लागि प्रेरणा समेत मिलेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित