काठमाण्डौ – अविरल वर्षाका कारण आएको बाढीपहिरोमा परी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म दुई सय ४४ जना पुगेको छ । १९ जनाको अवस्था अहिलेसम्म थाहा हुन सकेको छैन ।
गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक सय ७४ जनाको उद्धार गरिएको छ । उहाँले बाढीपहिरो पीडितको विवरण सङ्कलन स्थानीयस्तरबाट भइरहेको र विवरण प्राप्त भएपछि अस्थायी आवासका लागि सरकारले सहायता रकम वितरण गर्ने जानकारी दिनुभयो ।अहिले पालिकाहरूले प्रभावित परिवारलाई खाद्यान्न, अति आवश्यक सामग्रीलगायत सहयोग गरिरहेका छन् ।
Discussion about this post