प्रथम वडा अध्यक्ष जुनियर कराते प्रतियोगितामा सप्तरी प्रथम

Picture of हरियो पाटी

हरियो पाटी

563
SHARES
771
VIEWS

सिरहा, २० असोज। सिरहा प्रथम वडा अध्यक्ष कप जुनियर सितोरियो कराते प्रतियोगिता २०८१ मा राजबिराज मेन कराते डोजो सप्तरी टिम प्रथम भएका छन्। गोलबजार नगरपालिका वडा नम्वर २ को आयोजना तथा गोलबजार स्पोर्टको सहकार्यमा सम्पन्न प्रतियोगितामा पाँच स्वर्ण पदक जित्दै राजबिराज मेन डोजो टिम प्रथम भएका हुन्।

प्रतियोगितामा चार स्वर्ण पदक जित्दै लहान मेन डोजो दोस्रो र तीन स्वर्ण पदकसहित गोलबजार मेन कराते डोजोसिरहा टिम तेस्रो भएको आयोजकले जनाएको छ।
१५ स्वर्ण पदक, १५ रजत पदक र ३० कास्य पदकको लागि भएको प्रतियोगिताका उत्कृष्ट पुरुष खेलाडीको उपाधि गोलबजार मेन कराते डोजोका आदित्य मगर पाए भने, महिला तर्फ उत्कृष्ट खेलाडीको पदक लहान मेन कराते डोजोकी निधी चौधरीले जिते।

प्रतियोगितामा मधेस प्रदेशका चार जिल्ला सप्तरी ,सिरहा, धनुषा र महोत्तरीका ९ वटा टिमको १ सय ४५ खेलाडीको सहभागीता रहेको थियो। प्रतियोगिता वडा नम्वर २ का वडा अध्यक्ष सुकदेव सिंहको अध्यक्षतामा तथा प्रतिनिधि सभा सदस्य तथा पुर्व मन्त्री लिलानाथ श्रेष्ठको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो।

कार्यक्रममा विभिन्न राजिनितिक दल तथा स्थानीय संघ संस्थाका प्रतिनिधिले शुभकामना मनतव्य राखेका थिए। प्रतियोगिताको अबसर पारेर खेलकुुद क्षेत्रको बिकासमा योगदान पुर्याएका वडा नम्वर २ का राष्ट्रिय फुटबल खेलाडी तथा अन्तर्राष्ट्रिय कराते खेलाडीहरुलाई समेत सम्मान गरेको थियो।

सम्मानित हुने खेलाडीहरुमा राष्ट्रिय फुटबल खेलाडी बिश्वास राई, अमन लामा, बिनु आले मगर र अन्तर्राष्ट्रिय कराते खेलाडी पोर्सिया चौधरी सम्मानित भए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित