धनुषा प्रहरीको हिरासत तोडेर ९ जना थुनुवा फरार, एक जना पक्राउ

हरियो पाटी

हरियो पाटी

519
SHARES
711
VIEWS

धनुषा प्रहरीको हिरासतबाट भाग्नेमा लागु औषध खैरो हेरोइन मुद्दामा पक्राउ परेका ३ जना छन् । लागु औषध नियन्त्रण ब्यूरोको शाखा कार्यालय धनुषाले सिरहा घर भएका अभास्कर कुमार यादव, धनुषा घर भएका रोशन कुमार मण्डल र रञ्जित मण्डललाई पक्राउ गरेर धनुषा प्रहरीलाई बुझाएको थि

रोशन र रञ्जितका साथबाट ब्यूरोको टोलीले ५३ दशमलव ५ सय ग्राम खैरो हेरोइन र अभास्करको साथबाट १०३ दशमलव ५० मिलिग्राम खैरो हेरोइन बरामद गरेको थियो । प्रचलित कानुन अनुसार उनीहरू १५ वर्षसम्म जेल जान सक्ने व्यवस्था छ ।  ‘मिलेमतो’मा नै उनीहरू भागेको हुनसक्ने आशङ्का गरिएको छ ।

अन्य फरार थुनुवामा अमित कुमार झा, विशाल मुखिया, नाबालक सुमित मेस्तर र बिक्की कार्की छन् । फरार भएका एकजनालाई पक्राउ गरिएको मधेस प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

सोमबार बिहान ३ बजेर ५५ मिनेटमा उनीहरू हिरासत कक्षको शौचालयको भेन्टिलेसन तोडेर भागेका हुन् । फरार थुनुवाको खोजीमा ४५ जना प्रहरी परिचालन गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित