प्रेस काउन्सिलको आचारसंहिता पुरस्कार रातोपाटीलाई

Picture of हरियो पाटी

हरियो पाटी

531
SHARES
728
VIEWS

काठमाडौँ । रातोपाटी डटकमले प्रेस काउन्सिल आचारसंहिता पुरस्कार प्राप्त गर्ने भएको छ ।  प्रेस काउन्सिल नेपालको शनिबार बसेको बोर्ड बैठकले यस वर्षको आचारसंहिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको काउन्सिल सचिवालयले जनाएको छ ।

काउन्सिलको ५५ औँ वार्षिकोत्सवको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आइतबार आयोजना हुने  कार्यक्रममा उक्त पुरस्कार प्रदान गरिनेछ । राष्ट्रपतिले सो पुरस्कार प्रदान गर्नेछन् ।
पत्रकारिता आचारसंहिता उल्लङ्घन नगर्ने सञ्चार माध्यमलाई यो पुरस्कार प्रदान गरिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित