सिराहा, ३० भदौ। सिरहा प्रहरीले ठूलो परिमाणमा प्रतिवन्धित लागु पदार्थ ब्राउन सुगरसहित तीन जनालाई नियन्त्रणमा लिएको छ। पूर्वपश्चिम राजमार्ग अन्तर्गत कर्जन्हा नगरपालिका १० प्रयागपुर चोकबाट करिब ८ सय ग्राम ब्राउन सुगरसहित शनिबार बेलुकी धनुषाको धनुषाधाम नगरपालिका ३ का ३५ वर्षीय उमेश ठाकुर र बटेश्वर गाउँपालिका २ बटेश्वर का ५० वर्षीय प्रबेश ठाकुरलाई नियन्त्रणमा लिएको हो।
मिर्चैयाबाट बन्दीपुरतर्फ जाँदै गरेको प्रदेश २–०२–००४ प ३३३ नम्बरको मोटरसाइकललाई संकालागि जाँच गर्ने क्रममा मोटर साइकलमा सवार दुवैजनालाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए।
उनले पक्राउ परेकाहरुले दिएको सूचनाका आधारमा थप एकजनालाई काठमाडौंबाट नियन्त्रणमा लिएर ल्याउँदै गरेको बताए।
उनले हामीले यस्तो खालको गतिविधी भईरहेको भन्ने थाहापाएर संका लागेकाहरुलाई जाँच गर्ने क्रममा उनीहरुलाई सामानसहित नियन्त्रणमा लिएको बताए। उनले भने, ‘हामीलाई पहिला नै यस्तो गतिविधि भईरहेको भन्ने जानकारी आईसकेकोले त्यहि आधारमा हाम्रो पनि तयारी थियो। तर यति ठूलो परीनाममा छ भन्ने हामीले सोकेका थिएनौं। जति ब्राउन सुगर वरामद भयो।’
पक्राउ परेका दुवैजनाले आफूहरु भरिया भएको भन्ने बताउँदै आएको प्रहरीको भनाई छ। प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
Discussion about this post