सिरहाका युवक काठमाडौँबाट बेपत्ता

Picture of हरियो पाटी

हरियो पाटी

525
SHARES
719
VIEWS

सिरहा । सिरहाको एक युवक संघीय राजधानी काठमाडौँबाट बेपत्ता भएका छन् । दुई महिना अगाडी सिरहा कल्याणपुर नगरपालिका–३ ईटारी प्रसाहीका २० वर्षिय अरूणकुमार शर्मा काठमाडौंबाट बेपत्ता भएका हुन् ।

एमबीबीएसको तयारी कक्षाका लागि काठमाडौँ पुगेका अरुण गत असार २५ गते नै बेपत्ता भए पनि अहिलेसम्म प्रहरी प्रशासन उनको खोजी गर्न सकेको छैन । छोरा बेपत्ता भएको पीडाका कारण बुवा पुष्पलाल ठाउँ ठाउँ छोरो खोज्न भौतारी रहेका छन् । बेपत्ता अरुणका भाई शशि ठाकुरले दाजुलाई खोजि दिन प्रहरीमा उजुरी समेत दिएका छन् । तर प्रहरी प्रशासनबाट सहयोग नपाएकोे उनले आरोप लगाएका छन् ।

ठाकुरले भने, ‘एउटा नेताको छोरा बेपत्ता भएको भए सरकारले सबै शक्ति परिचालन गरेर उही बेला फेला पारि सकेको हुन्थ्यो, तर एउटा निमुखा जनताको छोरा राजधानीबाट बेपत्ता भएको महिनौँ हुँदा समेत अत्तो पत्तो छैन ।’बेपत्ता युवकको खोजी भइरहेको मोबाइल स्वीच अफ रहेकाले खोजीमा समस्या भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित