सिरहाबाट थप २९० किलो जाँगा बरामद

हरियो पाटी

हरियो पाटी

514
SHARES
704
VIEWS

सिरहा, २३ भदौ ।
सिरहा प्रहरीले कर्जन्हा नगपालिका ११ बाट आज थप दुई सय ९० केजी जाँगा बरामद गरेका छन । यो सहित तीन दिनमा सिरहामा पाँच क्विन्टल बढी प्रतिवन्धित लागु औषध गाँजा बरामद गरेको छ । विशेष सूचनाको आधारमा प्रहरीले कर्जन्हा नगपालिका ११ स्कूलटोलको झाडीमा लुकाईराखेको अवस्थामा रहेको १९ पोका दुई क्विन्टल ९० केजी गाँजा बरामद गरेको हो ।

यसअघि गत शुक्रवार दुई क्विन्टल १७ केजी गाँजा बरामद गरेको थियो ।
गोप्य सुचनाको आधारमा प्रहरी चौकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले उक्त परिमाणको गाँजासँगै कारोवारमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए । डीएसपी बाखुले ठाउँ सार्न तस्करहरुले झाडीमा लुकाएको हुन सक्ने आशंका व्यक्त गरे ।उनले भने, ‘प्रहरीले ठाउँ एकीन भएको आशंकामा तस्करहरुले सामान सारेको हुन सक्छ । तर प्रहरी आउनसक्ने जानकारी पाएपछि झाडीमै छोडेर भागेको हुनसक्छ ।उनले अहिले आशंकाको आधारमा पक्राउ गरिएपनि मुख्य कारोवारीहरुको पहिचान भईरहेकोले उनीहरुलाई पनि चाँडै पक्राउ गर्ने बताए ।

प्रहरीले शुक्रवारका दिन गाँजासँगै ओसार–पोसारमा संलग्न रहेको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २० वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।

स्थानीय एक स्रोतका अनुसार यहाँ १० क्विन्टल गाँजा भित्रीयको छ । प्रहरीले शुक्रवार पक्राउपरेकाहरुसँगको अनुसन्धानका आधारमा थप गाँजा र मानिस नियन्त्रणमा लिएको बताइएको छ । प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय मिर्चैयाका प्रमुख डीएसपी पंज कुमार बाखुले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित
Advertisements
Single Page - Sidebar 1