सिरहा, २१ भदौ ।
सिरहा प्रहरीले करिव सावा दुई क्विन्टल प्रतिवन्धित लागु औषध गाँजासहित तीन जनालाई पक्राउ गरेको छ । सिरहाको कर्जन्हा नगरपालिका १० स्कुल टोलबाट दुई सय १७ किलो गाँजा र एकजना भारतीय नागरिकसहित तीन जनालाई शुक्रवार अपरान्ह नियन्त्रणमा लिएको हो ।
गोप्य सुचनाको आधारमा प्रहरी चोकी कर्जन्हा र इलाका प्रहरी कार्यालय मिर्चैयाबाट खटिएको प्रहरी टोलिले स्थानीय ४५ वर्षिय बिहारी मुखियाको गोठबाट प्लाष्टिकको १४ वटा पोका बनाइ राखेको गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जानकारी दिए ।
प्रहरीले गाँजा ओसार–पोसारको आशंकामा भारतको विहार राज्य, जिल्ला मधुबनि बलरा थाना १२ नम्वर वडाका २१ वर्षिय किसुन मुखिया, मकवानपुर मनहरी गाउँपालिका ९ का ६२ वर्षिय खडक बहादुर तामाङ र स्थानीय ४० वर्षिया चानो देबी मुखियालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
प्रहरीले यस सम्वन्धमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी मुक्तिनाथ सापकोटाले जनाएको छ । यो सिरहाको बिभिन्न नदिहुँदै उदयपुर र सिरकाको चुरेक्षेत्रमा उत्पादन भएको गाँजा भारतीय बजारमा जाने गरेको बताइन्छ ।
Discussion about this post