भदौ, १५ सिरहा पछिल्लो केही दिनयता तराइमा गर्मी बढिरहेको छ। तापक्रम वृद्धिको असर मानिसको स्वास्थ्यमा पनि देखिन थालेको छ। डिहाइड्रेसन, पाचनप्रणालीसँग सम्बन्धित समस्या, छालामा हुने सनबर्नजस्ता मौसमी स्वास्थ्य समस्याहरु यो बेला देखिन्छन्। यस्तोमा आफ्नो स्वास्थ्यको ख्याल गर्नुपर्छ। गर्मीबाट हुने स्वास्थ्य समस्याबाट कसरी बँच्ने? यस्ता छन् केही उपाय:
घामसँग सुरक्षित रहनुस्
माइग्रेनबाट पीडित मानिसलाई घामले समस्या पार्न सक्छ। यस्तै, घाममा धेरैबेर रहँदा छालासम्बन्धी कैयौं समस्या पनि देखिन सक्छन्। यसैले घाममा निस्कँदा छाता, चश्मा, टोपी, पातलो खालको पछ्यौरा प्रयोग गर्न सकिन्छ। यसले छालालाई बचाउँछ। सनस्क्रीनको प्रयोग पनि गर्मीमा जरुरी हुन्छ।
पानी यथेस्ट पिउनुपर्छ
गर्मीको सामना गर्नका लागि शरीरलाई हाइड्रेट गर्नुपर्छ। साथै नरिवल पानी, कागतीको सर्वत, मोहीजस्ता स्वस्थकर पेयको प्रयोग गर्नुपर्छ। यसबाट शरीरमा इलेक्ट्रोलाइट्सको सन्तुलन भइरहन्छ र कमजोरी महसुस हुन दिँदैन।
पच्ने खालको खाना खानुपर्छ
गर्मी मौसममा पाचनप्रणाली कमजोर हुन सक्छ। यस्तो अवस्थामा पेटसँग सम्बन्धी समस्या अपच, एसिडीटी र कब्जियत हुनसक्छ। यसैले गर्मीमा जहिले पनि पच्ने खालका र हल्का खाना खानुपर्छ। मसालेदार, हाइप्रोटिन या तेलमा बनेका खाना सकेसम्म खानुहुँदैन। गर्मी सिजनमा पाइने पालुंगो, गोलभेँडा, काँक्रोजस्ता तरकारी र तरबुजा, सुन्तलाजस्ता फल खानुपर्छ।
सक्रिय रहनुपर्छ
गर्मीको समयमा बिहान या साँझको समयमा हिँड्ने बानी गर्नुपर्छ। यसले क्यालोरी पनि खर्च हुन्छ र चिसो हावामा हिँड्दा मूड पनि राम्रो हुन्छ। सक्रिय रहँदा रक्तचाप, ब्लड सुगर र तनाव नियन्त्रण गर्न मद्दत मिल्छ।
















Discussion about this post