गोलबजार बाट दुईसय जना एमालेमा प्रवेश

Picture of हरियो पाटी

हरियो पाटी

535
SHARES
733
VIEWS

सिरहा,४ भदौ । सिरहाको गोलबजारमा विभिन्न पार्टी परित्याग गरि नेताकार्यकर्ता एमालेमा प्रवेश गरेका छ । गाेलबजार नगरपालिका १३ मा नेकपा एमाले आयोजना गरेको पाटि प्रवेश कार्यक्रममा नेपाली कांग्रेस,नेकपा माओवादी र जन्ता समाजवादी पार्टीका नेताकार्यकर्ताहरु एमालेमा प्रवेश गरेको हो ।

नेकपा माओवादी पार्टीका गाउँ ईकाइ कमिटि संयोजक सुजित कुमार सिंह ,जनता समाजवादी पार्टीका नगर कमिटी सद्स्य रामरतन कामती,गाउँ ईकाइ कमिटी सद्स्य रामलाल यादब , त्यसैगरी नेपाली काङ्ग्रेसका गाउँ ईकाइ कमिटी सद्स्य भोला पासमान ,स्थानीय बिनोद पासमान ,सतिश मेहता लगायत जम्मा २ सय भन्दाबढी नेताकार्यकर्ताले एमालेमा प्रवेश गरेको नेकपा एमाले पार्टीका स्थानिय नेता रामऔतार पासमानले जान्कारी दिए ।

विभिन्न पार्टी परित्याग गरि एमाले पार्टीमा प्रवेश गरेका नेताकार्यकर्तालाई एमाले पार्टीका मधेश प्रदेश इन्चार्ज तथा पुर्व कानुन मन्त्री लिलानाथ श्रेष्ठ,मधेश प्रदेशका स्वास्थय मन्त्री सत्रुधन प्रसाद सिंह,पार्टीका मधेश प्रदेश अध्यक्ष चन्देश्वर मन्डलले अबिर माला सहित स्वागत गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Array
शेयर गर्नुहोस:

Discussion about this post

छुटाउनु भयो कि ?

Related Posts

भर्खरै प्रकाशित