सिरहा २६ साउन। सिरहामा यादव सेवा समाजको वडाभेला समपन्न भएको छ । भेलाबाट पन्ध्रजनाको वडा कमिटि चयन गरीएको छ। गोलबजार नगरपालिका ७ मा यादव सेवा समाजद्धारा आयोजना गरीएको वडा भेलाबाट रामेश्वर यादवको नेतृत्वमा १५ सदस्य वडाकमिटि गठन गरीएको हो।
राम पुकार यादवको अध्यक्षतामा वसेको वडाभेलाबाट अध्यक्षमा रामेश्वर यादव, सचिवमा ईन्द्रदेव यादव, सदस्यमा बलराम यादव, राम भगत यादव, पोषो यादव , राम प्रसाद यादव, लगायतको पन्ध्र सदस्य वडा कमिटि गठन गरेका छन्।
कार्यक्रममा यादव सेवा समाज गोलवजारका सचिवालय सदस्य र जनप्रतिनिधि तथा वुद्धिजिविहरुलाई समान गरीएको सचिवालय सदस्य राम दुलार यादवले जनाएको छ।
उनले, वडा नम्वर ७ का पुर्व समान्य प्रशासन मन्त्री राम कुमार यादव, सिरहा क्षेत्र नम्वर ३‘क’ प्रदेश सभा सदस्य प्रत्यासी राम सगुन यादव, गोलवजार नगरपालिका वडा नम्वर ४ का वडा अध्यक्ष सकल देव यादव,लाई समाजले गम्छा र अविर लगाई सम्मान गरेको छ।
Discussion about this post